काठमाडौं– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार गुरुङले एमालेकी पद्मा अर्यालभन्दा १३ सय मतले अग्रता लिएका छन्।
जारी मतगणनामा गुरुङले ६ हजार ६५ मत प्राप्त गरेका छन्। एमालेकी अर्यालले भने ४ हजार ७६५ मत प्राप्त गरेकी छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने एक हजार ५ सय ७६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।