काठमाडौं– भिएआर प्रणाली लागु भएसँगै सन् २०१४ यताका विश्वकपमा धेरै पेनाल्टी भइरहेका छन्। कतारमा जारी विश्वकपमा पनि समूह चरण नसकिँदै रेफ्रीले १३ वटा पेनाल्टी दिइसकेका छन्। जसमध्ये ९ पेनाल्टी गोलमा परिणत भएका छन्।
तर, ४ खेलाडी भने पेनाल्टीमा गोल गर्न सकेनन्। तीमध्ये विश्वकै उत्कृष्ट मानिएका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समेत पेनाल्टी चुकाएका छन्।
:focal(1276x418:1278x416)/origin-imgresizer.eurosport.com/2022/11/22/3495115-71249468-2560-1440.jpg)
गएराति पोल्याण्डसँगको निर्णायक खेलमा उनको पेनाल्टी गोलकिपर वोज्सिच स्जचजेस्नीले बचाएका थिए। मेसीले पेनाल्टीमा गोल गर्न नसक्नुका बाबजुद पनि अर्जेन्टिना समूह ‘सी’को विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ।
यद्यपि, मेसीले साउदी अरेबियाविरुद्ध पाएको पेनाल्टी भने गोलमा परिणत गरेका थिए।
यस्तै, पोल्याण्डका रोबर्ट लेवान्डोस्की, क्यानडाका अल्फान्सो डेभिस र साउदी अरेबियाका सलिम अल दलसारीले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।