काठमाडौं– विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाको भेट अष्ट्रेलियासँग भएको छ। अर्जेन्टिना समूह ‘सी’ को बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। बुधबार राती भएको खेलमा अर्जेन्टिनाले २–० ले पोल्याण्डलाई पराजित गर्दै ६ अंक जोडेको थियो।
एसियाको पहिलो टिमको रूपमा बुधबार राती भएको अर्को समूहको खेलमा अष्ट्रेलिया पनि छनोट भएको थियो। अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
अर्जेन्टिनाले पनि समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई १–० गोलले पराजित गरेको थियो। यी दुई देशको भिडन्त सोमबार राती १२ बजेर ४५ मिनेटमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।