काठमाडौं– अर्जेन्टिनासँग २–० ले पराजय भोगे पनि पोल्याण्ड विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
समूह ‘सी’ अन्तर्गत मेक्सिको र साउदी अरेबियाबीचको खेल २–१ गोल अन्तरमा रोकिएपछि पोल्याण्ड भाग्यमानी सावित भएको हो। मेक्सिकोलाई अन्तिम १६ मा प्रवेश पाउन साउदीलाई ३ गोलको अन्तरमा हराउनुपर्ने बाध्यता थियो। तर, उसले २ गोल मात्र गर्यो। अझ, सालेम अल्दाउसारीले निर्धारित ९० मिनेटपछि थप गरिएको ८ मिनेटमध्ये ५ मिनेटभित्र साउदीका लागि गोल गरेपछि मेक्सिको प्रतियोगिताबाट बाहिरिएको हो।
अर्जेन्टिनाले तीन गोलको अन्तरमा पोल्याण्डलाई पराजित गरेको भए पनि मेक्सिकोको अन्तिम १६ को यात्रा सहज हुने थियो। तर, पोल्याण्डले पनि उसलाई २ गोल अन्तरमै रोक्यो।
मेक्सिकोका लागि हेनरी मार्टिनले ४७ मिनेट तथा लुइस चाभेजले ५२ मिनेटमा गोल गरेका थिए। पोल्याण्ड ३६ वर्षपछि अन्तिम १६ मा प्रवेश गरेको हो। पछिल्लो समय उ सन् १९८६ को विश्वकपमा नकआउट चरणमा प्रवेश गरेको थियो।
याे समूहमा ६ अंकका साथ अर्जेन्टिना शीर्षस्थानमा रहेर छनाेट भएकाे छ। पाेल्याण्ड ४ अंकसहित गाेल अन्तरका कारण उप विजेता हुँदै छनाेट भएकाे हाे। मेक्सिकाेकाे पनि ४ अंक छ। तर अधिक गाेल खाएकाे कारण प्रतियाेगिताबाट बाहिरिएकाे हो। पाेल्याण्ड र मेक्सिकाेले विपक्षीविरुद्ध २–२ गाेल गरेका थिए। तर मेक्सिकाेले विपक्षीबाट ३ गाेल खादा पाेल्याण्डले २ गाेल मात्र खाएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।