काठमाडौै– पोल्याण्डलाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘सी’ अन्तर्गत साउदी अरेबियाविरूद्ध पहिलो खेल नै २–१ गोलले गुमाएको पूर्वविश्व च्याम्पियन अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेको छ।
उसले दोस्रो खेलमा मेक्सिकोलाई २–० र अन्तिम खेलमा पोल्याण्डलाई २–० ले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश पाएको हो।
मंगलबार रातीको खेलमा एलेक्सिस म्याक एलेस्टर र जुलियान अल्भारेज हिरो सावित भए। पहिलो हाफको ३७ मिनेटमा पाएको पेनाल्टी अवसरलाई कप्तान लिओनल मेसीले सदूपयोग गर्न नसक्दा अर्जेन्टिना अग्रता लिनबाट चुकेको थियो।
तर, दोस्रो हाफमा दुई गोल थप्दै अर्जेन्टिनाले अन्तिम १६ को यात्रालाई सहज बनायो। उसका लागि ४६ मिनेटमा म्याक एलेस्टरले गोल गरे। अर्को गोल ६७ मिनेटमा जुलियान अल्भारेजले गरे। उनले इन्जो फर्नान्डेजको पासमा गोल गरेका थिए। यसअघि मेक्सिकोविरूद्धको खेलमा पनि अल्भारेज र फर्नान्डेजको जोडी खुब जमेको थियो।
अर्जेन्टिना ६ अंकका साथ समूह विजेता बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।