काठमाडौं– पेनाल्टी विशेषज्ञकाे पहिचान बनाएका लिओनल मेसी ३७ मिनेटमा गाेल गाेल गर्नबाट चुकेपछि पाेल्याण्डविरुद्ध पहिलाे हाफकाे खेलमा अर्जेन्टिना गाेलरहित बराबरीमा खुम्चिनु परेकाे छ।
मेसीकाे पेनाल्टी पाेलिस गाेलरक्षक बाेइचिख स्टान्स्नीले राेकेका थिए। अर्जेन्टिनाले खेललाई आफ्नाे नियन्त्रणमा राखे पनि गाेल निकाल्न सकेन।
३३ मिनेटमा डि मारियाकाे फ्रिककलाई पनि पाेलिस गाेलरक्षकले जाेगाएका थिए। गाेल पाेस्टमा गरेकाे प्रहारलाई पञ्च गर्दै बाेइचिखले बाहिर पठाएका थिए। ३६ मिनेटमा अल्भारेजकाे धारिलाे प्रहारलाई पनि पाेलिस गाेलरक्षकले बचाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।