काठमाडौं– आफ्नाे स्टार खेलाडीलाई विश्राम दिएर मैदानमा उत्रिएकाे फ्रान्सलाई समूह चरणकाे अन्तिम खेलमा ट्युनेसियाले गम्भिर धक्का दिएकाे छ।
फ्रेन्च डिफेन्डरकाे गल्तीकाे फाइदा उठाउँदै ट्युनेसियाका लागि वाहवी खाज्रीले गाेल गरेका छन्। उनले ५८ मिनेटमा गाेल गरेका हुन्। गाेल गरेसँगै उनलाई परिवर्तन गर्दै ट्युनेसियाले इसाम जेबालीलाई मैदानमा प्रवेश गराएकाे छ।
खाज्रीकाे विश्वकपमा याे तेस्राे गाेल थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।