काठमाडौं– विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्सले समूह चरणको अन्तिम खेलमा ट्युनेसियाविरूद्ध खराब सुरुवात गरेको छ। आफ्ना स्टार खेलाडीलाई विश्राम दिएको फ्रान्सले पहिलो हाफको खेलमा २ वटा मात्र गोलका लागि प्रयास गरेको थियो। जुन सन् १९६६ को विश्वकपपछि फ्रान्सको विपक्षी टोलीविरूद्ध सबैभन्दा कमजोर आक्रमण हो।
फ्रान्सले आफ्नो नियमित गोलरक्षक तथा कप्तान ह्युगो लोरिसलाई विश्राम दिएको छ। उनको स्थानमा राफायल भार्नेले कप्तानी गरेका थिए। यस्तै कालियान एम्बाप्पेलाई पनि विश्राम दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।