काठमाडौं– डेनमार्कको नकआउट चरणमा प्रवेश गर्ने अभियानमा अस्ट्रेलियाले बाधा पुर्याउने सम्भावना प्रबल बन्दै गइरहेको छ। समूह ‘डी’ अन्तर्गत अन्तिम खेलमा पहिलो हाफको खेल सम्पन्न हुँदा सकरुजले डेनिस टिमलाई गोलरहित बराबरीमा रोकेको छ।
यो समूहमा दुई खेल जितेर फ्रान्स पहिले नै नकआउटमा प्रवेश गरिसकेको छ। दोस्रो टिमको रूपमा विश्वकपको नकआउटमा प्रवेश गर्न डेनमार्कले अस्ट्रेलियालाई पराजित गर्नुपर्ने बाध्यता छ। अस्ट्रेलिया यसअघि तीन अंक जोडेर समूहको दोस्रो नम्बरमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।