• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मधेसमा एमालेको ‘सानदार कमब्याक’

64x64
नवीन झा बुधबार, मंसिर १४, २०७९  १९:१३
1140x725

काठमाडौं- २०७४ सालको निर्वाचनमा नेकपा एमाले मधेस प्रदेशमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ २ सिट मात्रै जितेको थियो। वाम गठबन्धन गरेर नेकपा माओवादी केन्द्र समेतको साथ पाउँदा पनि मधेस प्रदेशमा एमालेको उपस्थिति निकै कमजोर देखियो। तर, ५ वर्षको अवधिमा भने एमालेले मधेस प्रदेशमा ‘सानदार कमब्याक’ गरेको छ।

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको नतिजा अन्तिम चरणमा पुग्दै गर्दा मधेसमा एमालेको उपस्थिति सबैभन्दा ठूलो पार्टीको रुपमा भएको छ। एमालेले मधेस प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सबैभन्दा धेरै सिट ल्याएको छ। प्रतिनिधि सभातर्फ मधेस प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन्। जसमध्ये एमालेले ९ क्षेत्रमा जित निकालेको छ। यस्तै, प्रदेश सभातर्फ ६४ क्षेत्रमध्ये १५ क्षेत्रमा जित निकालेको छ।   

यो निर्वाचनमा एमालेले मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गरेको थियो। सत्ता गठबन्धनमै रहेको जसपाले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनको २ दिन अगाडि मात्रै एमालेसँग तालमेलको निर्णय गरेको थियो। 

मधेसका राजनीतिक विश्लेषकहरू जसपाकै साथ र समर्थनले एमाले मधेसमा सबैभन्दा ठूलो पार्टी बन्न पुगेको विश्लेषण गर्न थालेका छन्। यो निर्वाचनबाट जसपा आफू कमजोर भएपनि एमालेका लागि सबैभन्दा बलियो सहयोगी बन्न पुगेको विश्लेषण हुन थालेको छ। 

एमाले मधेस प्रदेशका सहइञ्चार्ज सुमन प्याकुरेल भने आफ्नो नीति र कामका कारण आफ्नो पार्टी मधेसमा बलियो बनेको तर्क गर्छन्। जसपासँगको तालमेल सकारात्मक भएपनि पार्टी बलियो बन्नुमा नीति र काम नै प्रमुख कारक भएको उनको दाबी छ। 

‘यो रातारात भएको होइन,’ प्याकुरेलले नेपाल लाइभसँग भने, ‘अघिल्लो निर्वाचनमा कमजोर देखिएपछि हामीले मधेसका सन्दर्भमा एउटा नीति बनाएर काम गर्न सुरु गर्यौं  र अन्तत: यसको परिणाम अहिले देखिएको हो।’ 

नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीहरूले मधेसमा कहिल्यै हासिल गर्न नसकेको जित यसपटक एमालेले हासिल गरेको प्याकुरेलको दाबी छ।

अहिलेको परिणाम आफूहरूको सफलता भएको उनको भनाइ छ। ‘हुन त नेपालमा कम्युनिस्टहरूको जन्म नै मधेसमा भएको हो’, प्याकुरेलले भने, ‘तर, हामी निर्वाचनमा जहिले पनि कमजोर हुने गरेका थियौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले २०१५ सालमा पनि कम्युनिस्टले जम्मा दुई सिट जितेको र त्यो मधेसमै जितेको सन्दर्भ सुनाए। त्यतिबेला कम्युनिस्ट पार्टीले रौतहटबाट दुई सिट जितेको थिए।

अहिलेको एमाले नेतृत्वपंक्तिले विगतमा मधेसमै बसेर आफ्नो राजनीति प्रारम्भ गरेकाले मधेसमा एमाले बारेमा रहेको ठूलो भ्रम आफूहरूले चिरेको प्याकुरलको दाबी छ।

२०७२ सालमा भएको तेस्रो मधेस आन्दोलनमा एमाले अध्यक्ष केपी ओली मुख्य निशानामा थिए। र, ओलीविरुद्ध मधेसमा ठूलाठूला विरोध प्रर्दशनहरू हुने गर्थे। त्यसलगत्तै २०७४ मा भएको निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई मधेसमा प्रचारप्रसारमा पनि कठिनाइ भएको थियो।

मधेस प्रदेशमा ओलीको सम्बोधनका लागि तीन पटक कार्यक्रम आयोजना गरिएको थियो। तर, सफल हुन सकेको थिएन। किनकि एमालेले आयोजना गरेको मेची-महाकाली यात्राको क्रममा सप्तरीको मलेठमा भीडन्त नै भएको थियो। र, त्यहाँ पाँच जनाको ज्यान गएको थियो। त्यसपछि एमालेले उक्त अभियान नै स्थगित गर्नुपरेको थियो।

Xtrem

Xtrem

त्यसलगत्तै २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले देशैभर उल्लेखनीय मत ल्याएपनि मधेसमा त्यसको प्रभाव परेन। 

यस पटकको निर्वाचनमा एमालेले सबैलाई उछिन्दै मधेसमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर पहिलो पार्टी बन्न सफल भएको देखिन्छ। मधेस मामिलाका जानकार प्राध्यापक विजय मिश्र भने एमाले मधेसमा बलियो हुनुको कारण मधेस केन्द्रित दलहरू नै रहेको जिकिर गर्छन्। मिश्र भन्छन्, ‘जसको विरुद्धमा मधेसमा मधेसी नेताहरूले ६ महिना लामो बन्द हड्ताल गरे। त्यसकै नेतृत्वमा रहेको सरकारमा जाने काम पालैपालो भयो।’

यसले मधेसका नागरिकमा एमालेप्रति रहेको तुष हटेको देखिएको मिश्रको ठम्याइ छ।

मिश्रले एमाले मधेसमा ठूलो हुनुमा उसले व्यापक रुपमा गरेका पार्टी प्रवेशलाई पनि जस दिनुपर्ने बताए। ‘मधेस केन्द्रित दलहरू र नेताहरूको मधेसमा बढ्दो अविश्वासलाई एमालेले ठीक ढंगले 'क्यास' गरेको देखिन्छ’, उनी भन्छन्, ‘यता मधेसी नेताहरू पालैपालो सत्तामा जान तम्तयार भए। यसले एमालेका लागि सहज पस्थिति बन्यो।’

यद्यपि, एमाले सहइन्चार्ज प्याकुरेल अघिल्लो निर्वाचनलगत्तै आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा बनेको सरकारले मधेसमा गरेको विकासको कामले पनि प्रभाव परेको दाबी गर्छन्। ‘हाम्रो अध्यक्षज्यू नेतृत्वको सरकारले मधेसको विकासको सवालमा लिएको नीतिको प्रभाव अहिले देखिएकै हो’, उनी भन्छन्, ‘यता मधेसमा रहेको प्रदेश सरकार भने लगातार असफल जस्तो देखियो। यसले पनि एमाले नै ठीक रहेको पुष्टि भएको हो।’

कतिपय जानकारहरू भने मधेसमा मधेस केन्द्रित दलहरूमा बेमेल रहेको र जनतामा उनीहरूप्रति अविश्वास  बढेको बताउँछन्। त्यसले फाइदा एमालेले पाएको उनीहरूको विश्लेषण पाइन्छ। तर, एमालेको यो प्रभावको दिगोपनमा भने उनीहरू यकिनसाथ आकलन गर्न सक्दैनन्।

जे होस्, एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा मधेस प्रदेशमा ल्याएको सिट संख्याले अगामी पाँच वर्ष दबदबा राख्ने देखिन्छ। एमाले नेता प्याकुरेल एमालेले मधेस प्रदेशमा थप नयाँ रणनीतिहरू बनाएर चाँडै नै अगाडि बढने र अगामी दिनमा थप मजबुत हुने दाबी गर्छन्।

Madhesh-Partees1669810250.JPG

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्