• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मधेसमा एमालेको ‘सानदार कमब्याक’

64x64
नवीन झा बुधबार, मंसिर १४, २०७९  १९:१३
1140x725

काठमाडौं- २०७४ सालको निर्वाचनमा नेकपा एमाले मधेस प्रदेशमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ २ सिट मात्रै जितेको थियो। वाम गठबन्धन गरेर नेकपा माओवादी केन्द्र समेतको साथ पाउँदा पनि मधेस प्रदेशमा एमालेको उपस्थिति निकै कमजोर देखियो। तर, ५ वर्षको अवधिमा भने एमालेले मधेस प्रदेशमा ‘सानदार कमब्याक’ गरेको छ।

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको नतिजा अन्तिम चरणमा पुग्दै गर्दा मधेसमा एमालेको उपस्थिति सबैभन्दा ठूलो पार्टीको रुपमा भएको छ। एमालेले मधेस प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सबैभन्दा धेरै सिट ल्याएको छ। प्रतिनिधि सभातर्फ मधेस प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन्। जसमध्ये एमालेले ९ क्षेत्रमा जित निकालेको छ। यस्तै, प्रदेश सभातर्फ ६४ क्षेत्रमध्ये १५ क्षेत्रमा जित निकालेको छ।   

यो निर्वाचनमा एमालेले मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गरेको थियो। सत्ता गठबन्धनमै रहेको जसपाले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनको २ दिन अगाडि मात्रै एमालेसँग तालमेलको निर्णय गरेको थियो। 

मधेसका राजनीतिक विश्लेषकहरू जसपाकै साथ र समर्थनले एमाले मधेसमा सबैभन्दा ठूलो पार्टी बन्न पुगेको विश्लेषण गर्न थालेका छन्। यो निर्वाचनबाट जसपा आफू कमजोर भएपनि एमालेका लागि सबैभन्दा बलियो सहयोगी बन्न पुगेको विश्लेषण हुन थालेको छ। 

एमाले मधेस प्रदेशका सहइञ्चार्ज सुमन प्याकुरेल भने आफ्नो नीति र कामका कारण आफ्नो पार्टी मधेसमा बलियो बनेको तर्क गर्छन्। जसपासँगको तालमेल सकारात्मक भएपनि पार्टी बलियो बन्नुमा नीति र काम नै प्रमुख कारक भएको उनको दाबी छ। 

‘यो रातारात भएको होइन,’ प्याकुरेलले नेपाल लाइभसँग भने, ‘अघिल्लो निर्वाचनमा कमजोर देखिएपछि हामीले मधेसका सन्दर्भमा एउटा नीति बनाएर काम गर्न सुरु गर्यौं  र अन्तत: यसको परिणाम अहिले देखिएको हो।’ 

नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीहरूले मधेसमा कहिल्यै हासिल गर्न नसकेको जित यसपटक एमालेले हासिल गरेको प्याकुरेलको दाबी छ।

अहिलेको परिणाम आफूहरूको सफलता भएको उनको भनाइ छ। ‘हुन त नेपालमा कम्युनिस्टहरूको जन्म नै मधेसमा भएको हो’, प्याकुरेलले भने, ‘तर, हामी निर्वाचनमा जहिले पनि कमजोर हुने गरेका थियौँ।’

Ncell 2
Ncell 2

उनले २०१५ सालमा पनि कम्युनिस्टले जम्मा दुई सिट जितेको र त्यो मधेसमै जितेको सन्दर्भ सुनाए। त्यतिबेला कम्युनिस्ट पार्टीले रौतहटबाट दुई सिट जितेको थिए।

अहिलेको एमाले नेतृत्वपंक्तिले विगतमा मधेसमै बसेर आफ्नो राजनीति प्रारम्भ गरेकाले मधेसमा एमाले बारेमा रहेको ठूलो भ्रम आफूहरूले चिरेको प्याकुरलको दाबी छ।

२०७२ सालमा भएको तेस्रो मधेस आन्दोलनमा एमाले अध्यक्ष केपी ओली मुख्य निशानामा थिए। र, ओलीविरुद्ध मधेसमा ठूलाठूला विरोध प्रर्दशनहरू हुने गर्थे। त्यसलगत्तै २०७४ मा भएको निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई मधेसमा प्रचारप्रसारमा पनि कठिनाइ भएको थियो।

मधेस प्रदेशमा ओलीको सम्बोधनका लागि तीन पटक कार्यक्रम आयोजना गरिएको थियो। तर, सफल हुन सकेको थिएन। किनकि एमालेले आयोजना गरेको मेची-महाकाली यात्राको क्रममा सप्तरीको मलेठमा भीडन्त नै भएको थियो। र, त्यहाँ पाँच जनाको ज्यान गएको थियो। त्यसपछि एमालेले उक्त अभियान नै स्थगित गर्नुपरेको थियो।

त्यसलगत्तै २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले देशैभर उल्लेखनीय मत ल्याएपनि मधेसमा त्यसको प्रभाव परेन। 

यस पटकको निर्वाचनमा एमालेले सबैलाई उछिन्दै मधेसमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर पहिलो पार्टी बन्न सफल भएको देखिन्छ। मधेस मामिलाका जानकार प्राध्यापक विजय मिश्र भने एमाले मधेसमा बलियो हुनुको कारण मधेस केन्द्रित दलहरू नै रहेको जिकिर गर्छन्। मिश्र भन्छन्, ‘जसको विरुद्धमा मधेसमा मधेसी नेताहरूले ६ महिना लामो बन्द हड्ताल गरे। त्यसकै नेतृत्वमा रहेको सरकारमा जाने काम पालैपालो भयो।’

यसले मधेसका नागरिकमा एमालेप्रति रहेको तुष हटेको देखिएको मिश्रको ठम्याइ छ।

मिश्रले एमाले मधेसमा ठूलो हुनुमा उसले व्यापक रुपमा गरेका पार्टी प्रवेशलाई पनि जस दिनुपर्ने बताए। ‘मधेस केन्द्रित दलहरू र नेताहरूको मधेसमा बढ्दो अविश्वासलाई एमालेले ठीक ढंगले 'क्यास' गरेको देखिन्छ’, उनी भन्छन्, ‘यता मधेसी नेताहरू पालैपालो सत्तामा जान तम्तयार भए। यसले एमालेका लागि सहज पस्थिति बन्यो।’

यद्यपि, एमाले सहइन्चार्ज प्याकुरेल अघिल्लो निर्वाचनलगत्तै आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा बनेको सरकारले मधेसमा गरेको विकासको कामले पनि प्रभाव परेको दाबी गर्छन्। ‘हाम्रो अध्यक्षज्यू नेतृत्वको सरकारले मधेसको विकासको सवालमा लिएको नीतिको प्रभाव अहिले देखिएकै हो’, उनी भन्छन्, ‘यता मधेसमा रहेको प्रदेश सरकार भने लगातार असफल जस्तो देखियो। यसले पनि एमाले नै ठीक रहेको पुष्टि भएको हो।’

कतिपय जानकारहरू भने मधेसमा मधेस केन्द्रित दलहरूमा बेमेल रहेको र जनतामा उनीहरूप्रति अविश्वास  बढेको बताउँछन्। त्यसले फाइदा एमालेले पाएको उनीहरूको विश्लेषण पाइन्छ। तर, एमालेको यो प्रभावको दिगोपनमा भने उनीहरू यकिनसाथ आकलन गर्न सक्दैनन्।

जे होस्, एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा मधेस प्रदेशमा ल्याएको सिट संख्याले अगामी पाँच वर्ष दबदबा राख्ने देखिन्छ। एमाले नेता प्याकुरेल एमालेले मधेस प्रदेशमा थप नयाँ रणनीतिहरू बनाएर चाँडै नै अगाडि बढने र अगामी दिनमा थप मजबुत हुने दाबी गर्छन्।

Madhesh-Partees1669810250.JPG

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी... शनिबार, माघ १०, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक... शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
स्कुल बसले किच्दा बालिकाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी–२० ग्लोबल छनोट: स्कटल्यान्डद्वारा नेपालले पायो १४१ रनको लक्ष्य सोमबार, माघ १२, २०८२
भारतले आज ७७ औँ गणतन्त्र दिवस मनाउँदै सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्