काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा बिहीबार महिला रेफ्रीहरूले इतिहास रच्ने भएका छन्।
पुरुष विश्वकप फुटबलमा पहिलो पटक खेलको सबै जिम्मेवारी महिलाहरूले लिने भएका हुन्।
विश्व फुटबल महासंघ (फिफा)का अनुसार बिहीबार हुने जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्रीले इतिहास रच्नेछन्।
सो खेलको प्रमुख रेफ्री स्टेफनी फ्रापार्ट हुनेछिन्। उनलाई सहायक रेफ्रीहरू नेउजा ब्याक र करेन डियाजले साथ दिनेछन्। फ्रापार्ट फ्रेन्च नागरिक हुन्।
पुरुष विश्वकपकै इतिहासमा पहिलो पटक महिला रेफ्रीलाई निर्णायकको जिम्मेवारी दिने निर्णय यसैपटकदेखि गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।