काठमाडौं– स्पेनिस खेलाडी रोड्रीले कतारमा जारी विश्वकप फुटबलमा स्पेनजस्तो बेटर टिम अरु कुनै नरहेको दाबी गरेका छन्।
कतारमा विश्वकप खेलिरहेका रोड्रीले स्पेनिस सञ्चारमाध्यमहरूसँग कुरा गर्दै स्पेन जुनसुकै टोलीलाई हराउन सक्षम रहेको बताएका छन्।
जारी प्रतियोगितामा स्पेनले २ खेलमै ८ गोल गरिसकेको छ। साथै, बलमाथिको पकड पनि स्पेनको सबैभन्दा राम्रो छ।
समूह ‘ई’मा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको स्पेनले डिसेम्बर १ मा जापानसँग खेल्दैछ। सो खेल जितेमा स्पेन समूह विजेताहुँदै दोस्रो चरणमा पुग्नेछ। बराबरीले पनि स्पेन नकआउट चरणमा पुग्नेछ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीमा आबद्ध २६ वर्षीय रोड्री खासमा डिफेन्सिप मिडफिल्डर हुन्। तर, जारी विश्वकपमा उनी सेन्ट्रल डिफेन्डरको रुपमा खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।