काठमाडौं– रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरू घोषणा गरेको छ।
गत असोज १० गतेदेखि गते कार्तिक १४ गते सम्म सुरु भएको उक्त क्याम्पेनअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुङका पूर्णबहादुर मल्ल (अलिशामोबाइल सेन्टर) ले ७ केजीको वाशिङ मेसिन जित्न सफल भएका छन्।
त्यस्तै सामाखुसीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ ४ जि (८/१२८जिबि) जित्न सफल भएका छन्। रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरूलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरू प्रदान गर्ने अफर ल्याएको थियो।
त्यस्तै उक्त अफरमा डेली प्राइज अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर,रियलमी सि ३०(२३२ जिबि) लगायतका उपहारहरू पनि समावेश थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।