काठमाडौं– विश्वकप अन्तर्गत नकआउटमा इंग्ल्याण्डको भिड्न्त सेनेगलसँग हुने पक्का भएको छ। समूह ‘बी’ को अन्तिम खेलमा वेल्सलाई ३–० गोलले पराजित गर्दै समूह विजेता बनेपछि इंग्ल्याण्डको भिड्न्त सेनेगलसँग हुने भएको हो।
यी दुईले सोमबार राती पौने १ बजे प्रतिस्पर्धा गर्नेछन्। इंग्ल्याण्डले मंगलबार राती भएको खेलमा मार्कुस रासफोर्डको २ गोल र फिल फोडिनको गोलमा जित निकालेको थियो। रासफोर्डले ५० मिनेटमा पहिलो गोल गरे। उनले मिनेटमा पनि अर्को गोल थप्ने जारी विश्वकपमा आफ्नो गोलसंख्या पुर्याए। उनको दोस्रो गोल विश्वकपमा इंग्ल्याण्डले विपक्षी टोलीविरूद्ध हानेको सयौं गोलको कीर्तिमान पनि थियो। फोडिनले ५१ मिनेटमा गोल हाने।
वेल्सले पहिलो हाफको खेल गोलरहित बराबरीमा राखेको थियो। इंग्ल्याण्ड समूहमा ७ अंक बटुलेर शीर्षस्थानमा पुगेको थियो।
इंग्ल्याण्डसँग नकआउटमा खेल्ने सेनेगल पनि मंगलबारको खेलमा विजयी भएको थियो। उसले समूह ‘ए’ मा इक्वेडरलाई २–१ ले पराजित गर्दै २० वर्षपछि नकआउट चरणमा प्रवेश गरेको हो। सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।