काठमाडौं– अमेरिकी समर्थक तथा आफ्ना साथीहरूबाट ‘अमेरिकी क्याप्टेन’ को उपमा पाएका इंग्लिस क्लब चेल्सीका पूर्व आक्रामक मिडफिल्डर क्रिस्टियन पुलिसिकले गरेको एक मात्र निर्णायक गोलको सहयोगले अमेरिका विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
उनले ३८ मिनेटमा गरेको गोलका कारण इरानको विश्वकपमा पहिलो पल्ट नकआउट चरणमा प्रवेश गर्ने सपना बीचैमा तुहियो। इरानलाई १–० गोलले पराजित गरेको अमेरिका भने ८ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। सन् २०१८ मा अमेरिका रुसमा भएको विश्वकपमा छनोट हुन सकेको थिएन।
समूह ‘बी’ मा इंग्ल्याण्ड तीन खेलमा अपराजित हुँदै ७अंकका साथ समूह विजेताको रूपमा छनोट भयो। अमेरिका ५ अंकसहित दोस्रो हुँदै छनोट भएको छ।
इरानले ३ अंकमा चित्त बुझाउनु पर्यो। वेल्सले यसपालि कुनै खेल जित्न सकेन। उसलाई अन्तिम खेलमा पनि इग्ल्याण्डले ३–० गोलले पराजित गर्यो। उ १ अंक बटुलेर बाहिरियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।