काठमाडौं– वेल्सविरुद्ध समूह चरणकाे पहिलाे खेलमा इंग्ल्याण्डले एक मिनेटभित्रै २ गाेल गरेकाे छ। पहिलाे हाफकाे खेलमा इंग्ल्याण्डलाई गाेलरहित बराबरीमा राेकेकाे वेल्सले ५० र ५१ मिनेटकाे बीचमा दुई गाेल खाएकाे हाे।
इंग्ल्याण्डका लागि पहिलाे गाेल मार्कुस रासफाेर्डले गरे। अर्काे मिनेटमै कप्तान ह्यारी केनकाे पासमा फिल फाेडेनले गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।