काठमाडौं– सेनेगल र इक्वेडरबीचकाे खेल राेचक माेडमा पुगेकाे छ। इक्वेडरले दाेस्राे हाफकाे ६७ मिनेटमा गरेकाे बराबरी गाेलकाे नतिजालाई ३ मिनेटभित्रै सेनेगलले उल्टाएकाे छ।
सेनेगलले कप्तान कालिदाे कुलिबालीले ७० मिनेटमा गाेल गरेपछि सेनेगलले २–१ काे अग्रता लिएकाे छ। समूह ‘ए’ काे अर्काे खेलमा आयाेजक कतारविरुद्ध नेदरल्याण्ड्स जितकाे नजिक रहेकाे अवस्थामा नकआउट चरण प्रवेशका लागि सेनेगललाई खेल जित्नुपर्ने बाध्यता थियाे।
उसले खेललाई आफ्नाे पकडमा राखेर छनाेट हुने छाट देखाएकाे छ। सेनेगलका लागि इस्माइला सारले पहिलाे हाफकाे ४४ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका थिए। त्यसलाई ६७ मिनेटमा इक्वेडरका माेइसेस काइसेडाेले बराबरी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।