काठमाडौं– सेनेगल पुन: विश्वकपकाे लामाे यात्रामा फर्किएकाे छ। उसले इक्वेडरविरुद्ध समूह ‘ए’ काे अन्तिम खेलकाे ४४ मिनेटमा अग्रता बनाएकाे छ। अफ्रिकी देशका लागि इस्माइला सारले पेनाल्टी गाेल गरेका छन्।
पहिलाे हाफकाे खेलमा सेनेगल १–० ले अगाडि छ। यस्तै यही समूहकाे अर्काे खेलमा नेदरल्याण्ड्सले पनि एक गाेलकाे अग्रता बनाएकाे छ। उसले आयाेजक कतारविरुद्ध २६ मिनेटमा अग्रता बनाएकाे हाे। नेदरल्याण्ड्सका लागि काेडी गाक्पाेले गाेल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।