काठमाडौं– विश्वकपमा पहिलाे जितकाे खाेजीमा रहेका आयाेजक कतारलाई नेदरल्याण्ड्सविरुद्ध सुरुवातमै धक्का लागेकाे छ। उसलाई नेदरल्याण्ड्सले २६ मिनेटमै पछाडि पारेकाे छ।
नेदरल्याण्ड्सका लागि पहिलाे गाेल काेडी गाक्पाले गरेका छन्। उनले क्लासनकाे पासमा गाेल गरे। नेदरल्याण्ड्सकाे अग्रतासँगै सेनेगललाई समूह ‘ए’ बाट छनाेट हुन गाह्राे पर्ने देखिएकाे छ। उसले इक्वेडरविरुद्ध भइरहेकाे अर्काे खेलमा ३३ मिनेटसम्म कुनै गाेलकाे अग्रता बनाएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।