काठमाडौं– नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’का विजेताको घोषणा गरेको छ।
विजेताले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्। यसैगरी शनिबार कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाई गरेको थियो।
हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपीलमार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो।
कार्यक्रम अवधिभर नेपाल भरका ड्राइभिङ लाइसेन्स भएका जोकोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए।
यसरी सहभागी भएका हजारौं ग्राहकहरूमध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन्। आइतबार नै दुवैजना विजेताहरू आफूलाई मनपर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।