काठमाडौं– पाेर्चुगल र उरुग्वेबीच समूह ‘एच’ काे दाेस्राे खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा टुंगिएकाे छ।
क्रस्टियानाे राेनाल्डाे प्रेरित पाेर्चुगलले पहिलाे हाफमा बलमाथि नियन्त्रण राखे पनि कुनै गाेल गर्न सकेन। उरुग्वेले लुइस सुआरेजकाे स्थानमा इडिन्सन काभानीलाई सुरुमै उतार्यो।
उरुग्वेका लागि ३२ मिनेटमा मातिया भासिसाेले गाेलकाे सूवर्ण अवसर पाएका थिए। तर त्याे खेर गयाे। एक्लै पाेर्चुगीज डिफेन्डरलाई काटेर डिबक्सभित्र प्रवेश गरेका भासिसाेले गाेलकिपर डिएगाे कास्तासँग ‘वान भर्सेस वान’ काे अवस्थामा पनि गाेल गर्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।