काठमाडौं– आफ्नाे स्टार खेलाडी नेइमार बिना मैदानमा उत्रिएकाे ५ पल्टकाे विश्व च्याम्पियन ब्राजिल कतारमा जारी विश्वकपकाे लगातार दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरेकाे छ। ब्राजिलका लागि आजकाे खेलमा कासिमेराे नायक सावित भए।
पहिलाे हाफमा खासै राम्राेे प्रदर्शन गर्न नसकेका अनुभवी कासिमेराेले खेलकाे ८३ मिनेटमा निर्णायक गाेल गरे। उनले राेड्रिगाेले डिबक्सभित्र दिएकाे पासमा गाेल गरे। यसअघि जुनियरले टच लाइन नजिकैबाट राेड्रिगाेलाई पास मिलाएका थिए।
यसअघि भिनी जुनियरले ६४ मिनेटमा गरेकाे गाेललाई भारले अमान्य घाेषित गरेकाे थियो। स्वीस डिफेन्डरलाई काटेर उनले गाेल गरेका थिए। तर भारले उनी अफसाइड भएकाे जनाउ दिएकाे थियाे।
५७ मिनेटमा जुनियरकाे पासमा रिचार्लिसनले गाेलकाे अवसर चुकाएका थिए। जुनियरले स्विस गाेल पाेस्ट अगाडि निकालेकाे पासलाई छाेएकाे भए मात्र गाेल हुने थियो। तर रिचार्लिसन चुके।
नकआउट चरणमा प्रवेश गर्ने अभियानमा रहेका ब्राजिल र स्विट्जरल्याण्डबीच पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा टुंगिएकाे थियाे। दुवै तर्फबाट कुनै सशक्त प्रहार हुन नसकेपछि पहिलाे हाफमा कुनै गाेल हुन सकेकाे थिएन। चाेटका कारण नेइमार यस खेलमा ब्राजिली टाेलीमा समावेश थिएनन्।
यद्धपि ब्राजिलका लागि २७ मिनेटमा भिनी जुनियरले गाेलकाे राम्राे माैका पाएका थिए। तर उनी गाेल गर्नबाट चुके। राफिन्हाले डिबक्सभित्र मिलाएकाे पासलाई जुनियरले फितलाे प्रयास गर्दा स्विस गाेलरक्षक यान सहमरले बचाए।
ब्राजिलले दुई खेलबाट ६ अंक जाेडेदै नकआउट चरणमा प्रवेश गरेकाे हाे। ब्राजिलले यसअघि सर्वियालाई २–० गाेलले पराजित गरेकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।