काठमाडौै– कासिमेराेले ब्राजिललाई पहिलाे गाेलकाे सफलता दिलाएका छन्। उनले ८३ मिनेटमा उत्कृष्ट गाेल गरे।
यसअघि भिनी जुनियरले ६४ मिनेटमा गरेकाे गाेललाई भारले अमान्य घाेषित गरेकाे थियो। स्वीस डिफेन्डरलाई काटेर उनले गाेल गरेका थिए। तर भारले उनी अफसाइड भएकाे जनाउ दिएपछि ब्राजिल अग्रता लिनबाट चुक्यो। ५७ मिनेटमा जुनियरकाे पासमा रिचार्लिसन पनि गाेलकाे अवसरबाट चुकेका थिए। जुनियरले स्विस गाेल पाेस्ट अगाडि निकालेकाे पासलाई छाेएकाे भए मात्र गाेल हुने थियो। तर रिचार्लिसन चुके।
नकआउट चरणमा प्रवेश गर्ने अभियानमा रहेका ब्राजिल र स्विट्जरल्याण्डबीच पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा टुंगिएकाे थियाे। दुवै तर्फबाट कुनै सशक्त प्रहार हुन नसकेपछि पहिलाे हाफमा कुनै गाेल हुन सकेकाे थिएन। चाेटका कारण नेइमार यस खेलमा ब्राजिली टाेलीमा समावेश छैनन्।
ब्राजिलका लागि २७ मिनेटमा भिनी जुनियरले गाेलकाे राम्राे माैका पाएका थिए। तर उनी गाेल गर्नबाट चुके। राफिन्हाले डिबक्सभित्र मिलाएकाे पासलाई जुनियरले फितलाे प्रयास गर्दा स्विस गाेलरक्षक यान सहमरले बचाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।