काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ।
प्राप्त परिणामअनुसार प्रतिनिधि सभा र प्रदेश सभामा नेकपा एमालेले सबैभन्दा धेरै मत पाएको छ।
प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाअनुसार एमालेले ३३ हजार ८ सय ४ मत प्राप्त गरेको छ भने कांग्रेसले १७ हजार ८ सय ५१ मत पाएको छ।
माओवादी केन्द्रले १३ हजार ३ सय ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राष्ट्रिय जनमोर्चा ९ हजार ९ सय ५८ मतका साथ चौथो पार्टी भएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ८ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार २ सय ३६ मत पाउँदा एकीकृत समाजवादीले जम्मा ४ सय ३६ मत प्राप्त गरेको छ।
यहाँ ८८ हजार ९ सय ६८ मत झरेको थियो भने ५ हजार २ सय ७८ मत बदर भएको थियो।
यस्तै,प्रदेशसभा समानुपातिकतर्फ प्युठानमा एमालेले ३५ हजार ३ सय ३६, कांग्रेसले १६ हजार ४ सय ७५ र माओवादी केन्द्रले १४ हजार २ सय ७५ पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ४ सय १६ मत पाएको छ।
राष्ट्रिय जनमाेर्चाले १२ हजार ४ सय मत प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।