काठमाडौं– कतारमा जारी २२ औं विश्वकप फुटबलमा क्यामरुनले ३ मिनेटमा २ गोल गर्दै सर्बियासँग बराबरी गरेको छ।
दोस्रो हाफकोे ६३ र ६६ मिनेटमा २ गोल गर्दै क्यामरुले सर्बियासँग बराबरी गरेको हो । ६३ औं मिनेटमा क्यामरुनका लागि भिन्सेन्ट अबुबाकर र चौपो मोटिङले गोल गरे।
यसअघि क्यामरुनका लागि २८ औं मिनेटमा क्यारुनका जेन चार्लेस क्यास्टलेटोलले गरेका थिए।
सुरुवाती अग्रता लिएको क्यारुनविरुद्ध लगातार ३ गोल गर्दै सर्बियाले अग्रता तेब्बर बनाएको थियो। सर्बियाका लागि पहिलो हाफको अतिरिक्त समयमा इस्ट्राहिन्जा पाल्भोभिच र सर्गिज मिलिन्कोभिज सार्विचले गोल गरेका थिए।
त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा सर्बियाका अलेजान्डर मिट्रोभिचले गोल गर्दै ३–१ को स्थितिमा ल्याएका थिए।
त्यसपछि लगातार २ गोल गर्दै क्यामरुनले बराबरी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।