काठमाडौं– कतारमा जारी विश्वकपमा क्यानडाका अल्फोन्सो डेभिसले आइतबार क्रोएसियाविरुद्ध १ मिनेट ८ सेकेण्डमा गोल गरे। जारी विश्वकपमा उनले गरेको यो गोल नै सबैभन्दा छिटो हो।
डेभिसले छिटो गोल गरेपनि उनको टोली क्यानडा भने क्रोएसियासँग ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
विश्वकपको इतिहासमा टर्कीका हाकन सुकरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान राखेका छन्।
सन् २००२ मा भएको विश्वकपमा उनले आयोजक दक्षिण कोरियाविरुद्ध खेल सुरु भएको ११ सेकेण्डमै गोल गरेका थिए।
उनको गोलको मद्दतले टर्कीले दक्षिण कोरियालाई ३–२ गोल अन्तरले हराउँदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।