काठमाडौं– कतारमा जारी २२ औं विश्वकप फुटबलमा क्यामरुनले सर्बियाविरुद्ध अग्रता लिएको छ। खेलको २८ औं मिनेटमा क्यारुनका जेन चार्लेस क्यास्टलेटोले गोल गरेका हुन्।
समूह ‘जी’ का यी दुई टोलीको खेल अल जनबु रंगशालामा भइरहेको छ।
यी दुवै टोलीले पहिलो खेल हारेर अंकबिहीन भएका छन्। पहिलो जित निकाल्दै विश्वकप यात्रा सहजै बनाउन दुवै टोलीलाई आजको खेल जित्नैपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।