काठमाडौं– निर्वाचन आयोगले उदयपुरको क्षेत्र नम्बर १ मा मतगणना अगाडि बढाउन निर्देशन दिएको छ। गणनाको क्रममा खोलिएका १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो।
६३ हजार ८० मत गणना भइसकेको छ। यो क्षेत्रमा ७६ हजार ७५६ मत खसेको आयोगले जनाएको छ।
गणना स्थगित हुनु अगाडिसम्म कांग्रेसका नारायण खड्काले अग्रता लिइरहेका थिए। खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
खड्काले चौधरीसँग १ हजार ८२५ मतले अग्रता लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।