काठमाडौं– बेल्जियमले मोरक्कोसँग अप्रत्याशित हार व्यहोरेपछि राजधानी ब्रसेल्समा तनाव सिर्जना भएको छ। आइतबार मोरक्कोसँग २–० को हार ब्यहोर्दै बेल्जियमले नकआउट चरणको सम्भावना कठिन बनाएको छ।
मोरक्कोसँग हार व्यहोरेको भन्दै राजधानी ब्रसेल्समा तोडफोड, हुलदंगा र आगालगी समेत गरिएको छ।
हारपछि आक्रोशित मासिनहर"ले कार, मोटरसाइकल स्कुटर जलाउनेदेखि तोडफोड समेत गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
हुलदंगा मच्चाएको आरोपमा प्रहरीले एक दर्जन भन्दा बढी मानिसहरूलाई नियन्त्रणमा लिएको छ।
अप्रत्याशित हार ब्योहेरपछि फुटबल समर्थकहरू आक्रोशित हुँदै तोडफोडमा उत्रिएपछि प्रहरीसँग झडप समेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।