काठमाडौं– धनुषा- ४ मा एमाले सचिव रघुवीर महासेठ ९ सय मतले पछि परेका छन्। उनलाई नेपाली कांग्रेसका महेन्द्र यावदले जितेका हुन्।
मतगणनाकको अन्तिमतिर आइपुग्दा यादवले २७ हजार ९८९ मत पाएका छन्। एमाले सचिव महासेठले २७ हजार ५३ मत पाएका छन्।
अहिले मिथिला नगरपालिकाको मत गणना भइरहेको छ। एमालेको प्रभाव क्षेत्र मानिएपनि अपेक्षित मात्रामा महासेठ भोट पाइरहेका छैनन्।
केही वडा मात्रै गन्न बाँकी रहेको र सोमबार साँझसम्म अन्तिम परिणाम आउने निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।