काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फक ९३ लाख ५ हजार ७६६ मत गणना भएको छ।
समानुपातिकतर्फत नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा छन्। तेस्रोका लागि भने माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा भइरहेको छ।
मतगणनाको सुरुवातदेखि स्वतन्त्र पार्टी तेस्रो नम्बरमा थियो। माओवादी केन्द्र चौथोमा थियो। बीचमा माओवादीले भोट बढाउँदै तेस्रो स्थानमा पुग्यो। तर, पछिल्लो समय स्वतन्त्र पार्टी माओवादीलाई उछिन्दै तेस्रोमा छ।
अहिले माओवादीभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९१७ मतले अगाडि छ।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार ३२३ मत छ। नेपाली कांग्रेले २३ लाख ९९ हजार ८३१ मत ल्याएको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१८ मत ल्याएको छ भने माओवादी केन्द्रले १० लाख ६३ हजार ७४७ मत ल्याएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४५ हजार ६५६ मतसहित तेस्रो स्थानमा छ भने जनता समाजवादी पार्टी ३ लाख २६ हजार ३७२ मतसहित चौथो स्थानमा छ।
थ्रेस होल्ड कटाउनका लागि नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी संघर्षरत छन्। जनमत पार्टी २ लाख ६२ हजार ८२६ मतसहित पाँचौं स्थानमा रहँदा नेकपा एकीकृत समाजवादी २ लाख ५२ हजार ०२७ मतसहित छैठौं स्थानमा छ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार मत ल्याएको छ भन् लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९१८ मत ल्याएको छ।
नेपाल मजदुर किसान पार्टीले ७२ हजार ८०० मत ल्याएको छ। हाम्रो नेपाली पार्टीले ५२ हजार ८४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार ६६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार २२९ र नेकपा(माले)ले २६ हजार ९७१ मत प्राप्त गरेका छन्।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ६९४ मत प्राप्त गरेको छ।
त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ। प्रदेश १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ। मधेस प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, बागमती प्रदेशमा १५ लाख ९८ हजार चार सय ३४, गण्डकी प्रदेशमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा आठ लाख सात हजार एक सय ३८ मत गणना भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।