काठमाडौं– धनुषा निर्वाचन क्षेत्र नम्बर–४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ र नेपाली कांग्रेसका महेन्द्र यादवबीच तीव्र प्रतिष्पर्धा जारी छ।
पछिल्लो परिणाम अनुसार फेरि यादवले उछिनेका छन्। महासेठभन्दा यादव ४ सय ८९ मतले अघि लागेका छन्। यादवको २६ हजार २ सय ८० मत छ भने महासेठको २५ हजार सय ९१ मत आएको छ।
जसपाका महाजन यादवले भने ४ हजार ७ सय ९४ मत पाएका छन्। मधेस प्रदेशका बाँकी सबै क्षेत्रको अन्तिम नतिजा आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।