काठमाडौं– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकल खेलमा सोमबार (आज) चारवटा खलेहरु हुँदैछन्।
समूह ‘जी’ र ‘एच’ का दुई/दुई खेल हुँदैछन्। कतारकद्य अल जनौब रंगशालामा पहिलो खेल समूह ‘जी’ मा रहेका क्यामरुन र सर्बियाबीच हुँदैछ। नेपाली समयअनुसार उक्त खेल दिउँसो ३:४५ बजे हुँदैछ।
यस्तै दोस्रो खेल साँझ ६:४५ बजेदेखि समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र घानाबीच हुँदैछ। यस्तै राति ९:४५ बजेदेखि रंगशाला ९७५ मा विश्वकपको दाबेर ब्राजिलले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
यसैगरी अन्तिम खेल राति १२:४५ बजे पोर्चुगल र उरुग्वेसँग हुँदैछ। यो खेल कतारको कतारको लुसैल रंगशालामा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।