काठमाडौं– अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गरेका अल्भाराे माेराटाले स्पेनलाई पहिलाे गाेलकाे सफलता दिलाएका छन्। उनले जाेडी अल्बाकाे पासमा ६२ मिनेटमा जर्मनीविरुद्ध गाेल गरे।
अल्भाराे ५४ मिनेटमा फेरान टाेरेसकाे स्थानमा मैदान प्रवेश गरेका थिए। मैदान प्रवेश गरेकाे ८ मिनेटभित्र उनले आफ्नाे टाेलीलाई सफलता दिलाएका हुन्।
यसअघि दुई पूर्वविश्व च्याम्पियन टिम जर्मनी र स्पेनबीच समूह ‘इ’ तर्फ पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको थियो।
प्रतिस्पर्धात्मक यस खेलमा दुवै टिमले पहिलो हाफमा ३–३ वटा मौका गुमाएका थिए। खेल सुरु भएको ६ मिनेटमै स्पेनका गाभीले डिबक्स नजिकैबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहार जर्मनी गोलकिपर मानवेल नोयरको हातमा लागेर पोलमा ठोक्किन पुगेको थियो। उनलाई पेड्रीले पास मिलाएका थिए।
खेलको २५ मिनेटमा जर्मनीका सेर्स नाब्रीले पनि मौका पाएका थिए। यस्तै, ३३ मिनेटमा स्पेनका फेरान टोरेसले डिबक्सभित्र पाएको पासलाई पोल माथि हानेका थिए। उनलाई ओल्मोले डिबक्सभित्र पास मिलाएका थिए। यसको तीन मिनेटपछि फेरानले पुनः डिबक्समा अर्को मौका पाएका थिए। तर, जर्मन डिफेन्डर मुसियालाले रोके।
४० मिनेटमा जर्मनीका डिफेन्डर आन्टोनियो रुडीगरले हानेको हेडिङ गोललाई भारले अफसाइड घोषित गरेको थियो। उनले ४५ मिनेटमा पनि अवसर गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।