काठमाडौं– दुई पूर्वविश्व च्याम्पियन टिम जर्मनी र स्पेनबीच समूह ‘इ’ तर्फ पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको छ।
प्रतिस्पर्धात्मक यस खेलमा दुवै टिमले पहिलो हाफमा ३–३ वटा मौका गुमाएका थिए। खेल सुरु भएको ६ मिनेटमै स्पेनका गाभीले डिबक्स नजिकैबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहार जर्मनी गोलकिपर मानवेल नोयरको हातमा लागेर पोलमा ठोक्किन पुगेको थियो। उनलाई पेड्रीले पास मिलाएका थिए।
खेलको २५ मिनेटमा जर्मनीका सेर्स नाब्रीले पनि मौका पाएका थिए। यस्तै, ३३ मिनेटमा स्पेनका फेरान टोरेसले डिबक्सभित्र पाएको पासलाई पोल माथि हानेका थिए। उनलाई ओल्मोले डिबक्सभित्र पास मिलाएका थिए। यसको तीन मिनेटपछि फेरानले पुनः डिबक्समा अर्को मौका पाएका थिए। तर, जर्मन डिफेन्डर मुसियालाले रोके।
४० मिनेटमा जर्मनीका डिफेन्डर आन्टोनियो रुडीगरले हानेको हेडिङ गोललाई भारले अफसाइड घोषित गरेको थियो। उनले ४५ मिनेटमा पनि अवसर गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।