काठमाडौं– आन्द्रेइ क्रामारिचकाे २ गाेलकाे सहयाेगले क्राेएसियाले खेलमा ३–१ गाेलकाे अग्रता बनाएकाे छ। उनले दाेस्राे हाफकाे ७१ मिनेटमा पेरिसिचकाे पासमा टिमका लागि तेस्राे गाेल गरेका छन्। उनले पहिलाे हाफमा पनि गाेल गरेका थिए।
यसअघि खेलकाे सुरुवातमा एक गाेलले पछाडि परेकाे क्राेएसियाले ८ मिनेटभित्र २ गाेल फर्काउदै पहिलाे हाफकाे खेलमा २–१ गाेलकाे अग्रता लिएकाे थियो।
क्यानडाका लागि अल्फान्साे डेभिसले २ मिनेटभित्र गाेल गर्दै आफ्नाे टिमलाई अग्रता दिलाएकाे अवस्थामा क्राएसियाले गाेल फर्काएकाे थियाे। ३६ मिनेटमा आन्द्रेइ क्रामारिचले गाेल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसकाे ८ मिनेटभित्र मार्काे लिभाजाले अर्काे गाेल थपेपछि ४४ मिनेटमै क्राेएसियाले अग्रता बनाएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।