काठमाडौं- कतारमा जारी विश्वकप फुटबलमा बेल्जियम र मोरक्कोबीचको खेल पहिलो हाफ सकिँदा गोलरहित बराबरीमा सकिएको छ।
अल थुमामा रंगशालामा भएको यी दुईको खेलमा पहिलो हाफमा पाएका केही मौका बेल्जियमले सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी भएको छ। मोरक्कोले पनि केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
पहिलो खेलमा खेलमा क्यानडासँग १–० को संघर्षपूर्ण जित निकाल्दै बेल्जियम तीन अंकका साथ समूहको शीर्ष स्थानमा छ। पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोको एक अंक छ।
आजको खेलमा बेल्जियमले मोरक्कोलाई हराएमा एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्नेछ। मोरक्कोले हारेको अवस्थामा अन्तिम १६ प्रवेशको सम्भावना भने कठिन बन्नेछ।
पहिलो हाफको अतिरिक्त समयमा फ्रि किकमार्फत मोरक्कोका हाकिम जियाच हानेको बल अफसाइडमा बसेका मोरक्कोका खेलाडीलाई छोएपछि भारमार्फत गोल रद्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।