दोहा– कतारमा विश्वकपको गतिविधि चलिरहँदा नेपाली समूदायले पनि आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेका छन्।
विश्वकपका लागि कतारमा निर्माण भएको ८ वटै रंगशालामा नेपाली श्रमिकको खुन र पसिना परेको छ। अहिले कतारमा ४ लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत छन्।
यस्तो अवस्थामा विश्वकपको आनन्द उठाउन नेपाली समुदाय विभिन्न कार्यमा सक्रिय छन्। रंगशालाभित्र फुटबलका खेलहरू जारी रहँदा बाहिर विश्वभरीबाट आएका फुटबल पारखीहरूलाई मनोरञ्जन दिने काम पनि नेपाली समूदायले गरेको छ।
नेपाली कलाकारले ‘फ्यान जोन’ मा उभिएर आफ्नो कला संस्कृति प्रदर्शन गरिरहेका छन्।
दोहा नजिकै सनैयास्थित एसियन टाउनमा गत शुक्रबार नेपाली कलाकारले ‘सयथरी बाजा एउटै ताल’ बोलको गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कतारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को शाखाले कतार विश्वकपको सुप्रिम कमिटीसँग समन्वय गरेर यो कार्यक्रमको आयोजना गरेको थियो।
अहिले कतारमा नेपाललगायत आप्रवासी श्रमिकले ‘फ्यान जोन’ मा पुगेर विश्वकपको मजा लिइरहेका छन्। ‘फ्यान जोन’ मा हरेक दिन विभिन्न देशका कलाकारहरूको सांगीतिक कार्यक्रम आयोजना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।