दोहा– बार्सिलोनाका प्रशिक्षक जाभीले विश्वकपअघि ब्राजिल टिममा बसेर काम गर्न आफूलाई आएको प्रस्ताव अस्विकार गरेको खुलासा गरेका छन्।
ब्राजिल फुटबल संघले पूर्वमिडफिल्डरलाई २०२१ मा टिटेको टिममा बसेर काम गर्न प्रस्ताव गरेको थियो। तर, जाभी मुख्य प्रशिक्षककै भूमिका चाहन्थे। त्यसैले उनले ब्राजिलको त्यो प्रस्तावलाई अस्विकार गरेको बताए।
‘मैले नसोचेको अवसर थियो। आफ्नो एजेन्टमार्फत उनीहरूसँग कुरा गरेँ, म टिटेको टिममा बसेर काम गर्न तयार थिए तर मलाई मुख्य प्रशिक्षकको भूमिका चाहिएको थियो।’
उनले अहिले आफू विश्वको सर्वश्रेष्ठ क्लबमा आवद्ध भएको बताए। ‘यो मेरो ह्दयमा छ। म बार्सिलोनाको स्थितिलाई परिवर्तन गर्ने प्रयासमा छु। म खुसी छुँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।