काठमाडौं– नेपाल बीमा प्राधिकरणले सात घुबीमा कम्पनीलाई व्यवसायतर्फ छनोट गरेको छ।
प्राधिकरणले जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीहरूको छनोट गरेको हो। बीमा समितिले सार्वजनिक गरेको सूचना अनुसार ७ लघुबीमा कम्पनीको नाम सार्वजनिक गरेको हो।
लघु जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएको छ।
त्यस्तै, लघु निर्जिवन बीमा ब्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।