काठमाडौं- कतारमा जारी २२औं विश्वकपमा जापान र कोस्टारिकाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्। दोहास्थित अहमद बिन अली रंगशालामा भएको खेलमा यी दुई टोली पहिलो हाफसम्मा गोलरहित बराबरीमा रोकिएका हुन्।
दुवैतर्फटबाट गोलका लागि केही मौका सिर्जना गरे पनि गोल हुन सकेन। समूह ‘ई’ मा रहेका यी दुई टोलीमध्ये कोस्टारिकाले पहिलो खेल स्पेनसँग ७–० ले हारेको थियो। जापानले भने ४ पटकको विश्वविजेता जर्मनीलाई हराएको थियो।
कोस्टारिकासँग यसअघि भएका चार वटा भेटमा जापानले हार व्यहोरेको छैन। तीन खेलमा जित र एक खेल बराबरीमा सकिएका थिए।
आजको खेलमा कोस्टारिकालाई हराएमा सुरुका दुवै खेल जित्दै एक खेलअघि नै नकआउट चरणमा प्रवेश गर्दै जापानले इतिहास रच्नेछ। हारेको अवस्थामा कोस्टारिकाको अर्को चरण प्रवेशको सम्भावना सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।