काठमाडौं– सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा पुन: मतगणना गर्न माग गरेका छन्।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कार्कीले पुन: मतगणनाको माग गरेका हुन्।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालमै राखेर सबै क्षेत्रको पुनM मतगणना हुनुपर्ने माग गरेका छन्।
कार्की २३ हजार ४३९ मत ल्याएर अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदिश कुसियतले २३ हजार ३४१ मत ल्याएर कार्कीलाई पछ्याइरहेका छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका जिवनकुमार श्रेष्ठले भने २८५२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।