काठमाडौं– सुनसरी क्षेत्र नम्बर १ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ र जनता समाजवादी पार्टीका अशोककुमार राईको एककले अर्कोलाई उछिन्ने क्रम जारी छ।
दिउँसो साढे १ बजेसम्मको मतगणना अनुसार अशोककुमार राईले अग्रता लिएका छन्। उनको १४ हजार १ सय ५ मत आएको छ।
स्वतन्त्र पार्टीकी तामाङले १३ हजार ९८७ मतसहित पछ्याइरहेकी छिन्। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ्ग सुब्बाले १० हजार ९९० मत पाएर तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।