काठमाडौं- आइतबार दिउँसो साढे १ बजेसम्म समानुपातिकतर्फ ८४ लाख ८४ हजार २८० मत गणना भइसकेको छ। गणनाभएको मतमध्ये एमालेले सर्वाधिक मत पाएको छ।
अहिलेसम्म एमालेले २३ लाख ३४ हजार ३४५ मत पाइसकेको छ। उसले पाएको मत २७. ५१ प्रतिशत हो। दोस्रोमा रहेको कांग्रेसले पनि २२ लाख ३७ हजार ४९१ मत पाएको छ। उसले पाएको मत २६.३७ प्रतिशत हो।
त्यस्तै, अहिलेसम्म गणना भएको मतमा माओवादी केन्द्रले ११.५२ प्रतिशत मत पाएको छ। उसले अहिलेसम्म ९ लाख ७८ हजार १०४ मत पाइसकेको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार ८९९ मत पाएको छ। उसले पाएको मत १०.९५ प्रतिशत हो।
अहिलेसम्म गणना भएको मतमा तीन प्रतिशत मत कटाउने दल राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि हुन्। उनीहरुले क्रमशः ५.७५ प्रतिशत र ३.४५ प्रतिशत मत पाइसकेका छन्।
त्यस्तै, जनमत पार्टीले २.७० प्रतिशत, एकीकृत समाजवादीले २.६९ प्रतिशत र नागरिक उन्मुक्ति पार्टीले २.३३ प्रतिशत मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको मत प्रतिशत भने घट्दै गएको केही दिनयताको विवरणले देखाउँछ। गत ७ गते बिहान उसको मत प्रतिशत १३. ४२ प्रतिशत थियो। ९ गते बेलुका ५ बजे १२.६१ प्रतिशत र १० गते दिउँसो १ बजे ११.६२ प्रतिशतमा आइपुगेको थियो। आज (११ गते दिउँसो साढे १ बजे) उसको मत प्रतिशत १०.९५ प्रतिशतमा झरेको छ।
मत गणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।