काठमाडौै– लिओनल मेसीले अर्जेन्टिनालाई पहिलाे सफलता दिलाएका छन्। उनले डि मारियाकाे पासमा ६४ मिनेटमा गाेल गर्दै मेक्सिकाेविरुद्ध अग्रता दिलाएका हुन्।
पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा टुंगिएपछि अर्जेन्टिना दबाबमा देखिन्थ्यो। तर मेसीले गाेल गर्दै विश्वकपकाे नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई जिवित तुल्याएका छन्।
अर्जेन्टिनाले पहिलाे खेल साउदी अरेबियासँग २–१ गाेलले गुमाएकाे थियो। त्यसैले दुई पल्टकाे च्याम्पियन दबाबमा देखिन्थ्यो।
मेसीकाे याे विश्वकपमा दाेस्राे गाेल हो। उनले साउदीविरुद्ध पेनाल्टीमार्फत गाेल गरेका थिए। विश्वकपमा भने मेसीकाे याे आठौं गाेल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।