दाेहा– मेक्सिकाेका अनुभवी मिडफिल्डर आन्द्रेस क्वार्डाडाे ५ वटा विश्वकप फुटबल खेल्ने विश्वका छैटौं खेलाडी बन्न सफल भएका छन्। अर्जेन्टिनाविरुद्ध अनुभवी मिडफिल्डरलाई मेक्सिकाेले सुरुमै मैदानमा उतारेकाे थियो।
उनी सन् २००६ काे विश्वकपदेखि अनवरत टाेलीमा समावेश छन्। गत विश्वकपमा उनलाई टिमकाे कप्तान बनाइएकाे थियो।
क्वार्डाडाे मेक्सिकाेबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन्। उनले १७९ खेलमा २८ गाेल गरेका छन्। यस विश्वकपमा पाँच पल्ट सहभागी हुने खेलाडीमा उनीबाहेक अर्जेन्टिनाका लियाेनल मेसी, पार्चुगलका क्रिस्टियानाे राेनाल्डो छन्। अन्य खेलाडीमा मेक्सिकाेका पूर्वस्टार आन्टाेनियो कार्भाजल र राफायल मार्खेज पनि हुन्।
जर्मनीका लुथार माथेजले पनि पाँच वटा विश्वकप खेलेका थिए। अर्जेन्टिनाविरुद्धकाे खेलमा क्वार्डाडाेलाई पहिलाे हाफकाे ४२ मिनेटमा पदस्थापन गरिएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।