काठमाडौं– मेक्सिकाेले कतारमा जारी विश्वकपअन्तर्गत अर्जेन्टिनाविरुद्धकाे खेलकाे पहिलाे हाफमा पूर्वविश्व च्याम्पियनलाई गालरहित बराबरीमा राेकेकाे छ।
पहिलाे हाफमा अर्जेन्टिनाले बल पाेसेसनमा आफूलाई अगाडि राखे पनि गाेल गर्न सकेन। बरु मेक्सिकाेले दुई वटा राम्राे प्रहार गरेकाे थियो। लिओनल मेसीकाे एउटा फ्रिकिकमा लाउटाराे मार्टिनेजले हेडिङकाे असफल प्रयास गरेका थिए।
विश्वकपअन्तर्गत यसअघि भएकाे पहिलाे खेलमा दुई पल्टकाे विश्व च्याम्पियन अर्जेन्टिना अप्रत्यासित रुपमा साउदी अरेबियासँग २–१ ले पराजित भएकाे थियो। मेक्सिकाेले भने गाेलरहित बराबरीमा पाेल्याण्डलाई राेकेकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।