काठमाडौं– इलाम क्षेत्र नम्बर२ मा मतगणना रोकिएको छ। इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ।
यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सो वडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि छन्। उनी त्यसअघिको वडामा १६ मतले पछि परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।