काठमाडौं– साउदी अरेबियालाई अर्को झट्का लागेको छ। कप्तान रोबर्ट लेवान्डोस्कीले पोल्याण्डलाई दोस्रो गोलको सफलता दिलाएका छन्। उनले ८२ मिनेटमा गोल गरे।
यसअघि पहिलो हाफमा पोल्याण्डले १–० को अग्रता लिएको थियो। त्यतिबेला पनि गोलका लागि उनैले बल मिलाइदिएका थिए।
लेवान्डोस्कीले विश्वकपमा पहिलो गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।