काठमाडौं– साउदी अरेबियाले पहिलो हाफमा खेलमा फर्किने सूवर्ण मौका गुमाएको छ। उसका स्टार खेलाडी अल–दाउसारीले ४५ मिनेटमा पेनाल्टी गोलको अवसर खेर फ्याकेपछि पहिलो हाफमा पोल्याण्डले १–० को अग्रता बनाएको छ।
४४ मिनेटमा भारको सहयोगले साउदी अरेबियाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो, जब पोलिस डिफेन्डरले डिबक्सभित्र अल सेहरीलाई लडाएका थिए।
तर, अर्जेन्टिनाविरुद्ध उत्कृष्ट गोल गरेका अल–दाउसीको पेनाल्टी पोलिस गोलरक्षक बोइसिख स्टेन्सनेकले रोक्दै साउदी अरेबियालाई स्तब्ध पारे।
पोल्याण्डले ३९ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा पिटर झुलेनेस्कीले गोल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।